देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले थप आठ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्यायो, आजै सार्वजनिक गर्ने

देशान्तर

काठमाडौं – कांग्रेसले थप आठ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । क्रियाशील सदस्यता विवाद देखिएका काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा र कैलालीको विवाद टुंग्याएको हो ।

निर्वाचन समितिका अनुसार विवाद टुंगिएका जिल्लाको क्रियाशील सदस्यताको नामावली आजै साँझसम्म वेबसाइटमार्फत सार्वजनिक गरिने भएको छ । बाँकी १३ जिल्लाको पनि क्रियाशील सदस्यता विवाद छिट्टै टुंग्याउने क्रियाशील टुङ्ग्याउन गठित कार्यदलले जनाएको छ ।

कांग्रेसको हालसम्म ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । क्रियाशील सदस्यता विवाद देखिएका बाँकी २१ जिल्लाको वडा अधिवेशन असोज ६ गतेलाई तोकिएको छ ।