देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर थप १५६२ जनामा कोरेना संक्रमण, १९ जनाको मृत्यु

देशान्तर

काठमाडौँ – बितेको २४ घण्टामा देशभर १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १५८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ४२ हजार ३०६ जना पुगेको छ। यस्तै हालसम्म कोरोनाबाट १० हजार ९८४ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।