देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयर बजार साढे १८ अङ्कले घट्यो

देशान्तर

काठमाण्डौ – शेयर बजार आज मङ्गलवार घटेर राताम्मे भएको छ । बजार खुलेको केहीबेरमा २० अङ्कले बढेको नेप्से बन्द हुने बेलामा भने १८ दशमलव ५४ अङ्कले घटेर दुई हजार नौ सय २९ दशमलव २८ विन्दुमा झरेको छ ।

आज बैंक, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, व्यापारसहित सबै समूहको शेयर घटेको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि आज मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज दुई सय २२ कम्पनीका एक करोड ६ लाख कित्ता शेयर पाँच अर्ब १९ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको २७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।