देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवलपुर दुर्घटना : मृतक र घाइतेहरुको पहिचान खुल्यो

देशान्तर

नवलपरासी – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गंँडाकोट-१० मा रहेको २३ स्मृति नजिक बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुने तीन जनाको परिचय खुलेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा बर्दिया बाँसबारी-८ बस्ने ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर बस्ने अन्दाजी ४० वर्षीय किरङ्गी तिवारी र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने अन्दाजी ३५ वर्षीय कृष्ण राना रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा जुम्ला तिला गाउँपालिका-४ बस्ने ३३ वर्षीय टोपबहादुर शाही, बर्दिया बाँसगढी-८ बस्ने ८२ वर्षीय डिल्लीराम सुवेदी र कञ्चनपुर बेलपुर-९ बस्ने ३२ वर्षीय चित्रदेव लेखक रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

अन्य घाइते हुनेहरुमा झापा बाहुनडाँगीका १६ वर्षीय पारस ढकाल, मोरङ विराटनगर-३ बस्ने २१ वर्षीया पूजा रेग्मी, त्यही ठाउँ बस्ने २८ वर्षीय सरोज पोखरेल, कैलाली बस्ने १६ वर्षीया रोशनी अधिकारी, कञ्चनपुर महेन्द्रनगर-१ बस्ने ४९ वर्षीय मोहन कोइराला छन् । दुर्घटनामा परी जुम्ला तिला गाउँपालिका-४ बस्ने २६ वर्षीय चन्द्रनाथ योगी, बस चालक कञ्चनपुरका ४२ वर्षीय लालवीर लोहार, रूपन्देही बस्ने २८ वर्षीय सुरज अधिकारी, झापा बस्ने ३६ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।

अन्य घाइतेहरूमा कञ्चनपुर झलारी बस्ने २६ वर्षीया उर्मिला तिरुवा, ट्रक चालक प्युठानका २७ वर्षीय अमृत सिंह विष्ट, सुर्खेत विरेन्द्रनगरका ४० वर्षीय रामबहादुर थापा, नवलपुर हुप्सेकोट गाउँपालिका-३ बस्ने २६ वर्षीया सविना लिम्बु, त्यही ठाउँका २ वर्षीय जोशन सारु मगर, नवलपुरका १८ वर्षीया गङ्गा ओली, सुर्खेत विरेन्द्रनगर-७, बस्ने ४२ वर्षीय मनकुमार थापा र महोत्तरी बर्दिवासका २३ वर्षीय रमेश यादव छन् । घाइते सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।