देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति आवश्यक’

देशान्तर

नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन् । ‘विपद्मा कांग्रेसको भूमिका’ विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनले बाढी प्रभावितलाई आफ्नो पार्टीले निरन्तर सहयोग जारी राखेको बताए ।

उनले राजनीतिक दलको पहिलो कर्तव्य जनता जोगाउनु रहेको जनाउँदै नेता बन्न खोज्नेले जनताका लागि सोच्नुपर्नेमा जोड दिए ।

“हेलम्बु, मेलम्चीका स्थानीयवासीले बाढीको पीडा भोगेका छन् उनीहरुका लागि हामीले सोच्नुपर्छ”, विपद् व्यवस्थापन समितिका संयोजक उनले भने, “बाटोघाटो, पुल पुलेसा निर्माण तत्काल गर्नुपर्ने र पीडित स्थानीयवासीका लागि दीर्घकालीन कार्ययोजना बनाएर सहयोग गर्नुपर्दछ ।” रासस