देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषद् विस्तारमा सहमति नजुटेपछि संसद् अवरोधको मुद्दामा मोडियो गठबन्धन

देशान्तर

काठमाडौँ — सत्ता गठबन्धनमा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार थप धकेलिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठक पनि सहमतिमा पुग्न नसकेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एस० का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेल सहभागी थिए । आइतबारको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने सहभागी थिएनन् ।

बैठकमा मन्त्रिपरिषद् विस्तारसँगै संसद्‌मा जारी अवरोध कसरी हटाउने भन्नेबारे छलफल केन्द्रित भएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष एमालेले लगातारजसो संसद् बैठक अवरुद्ध गर्दै आएको छ । आइतबार पनि दिउँसो एक बजेका लागि संसद् बैठक डाकिएको छ ।

कांग्रेस महामन्त्री खड्काले गठबन्धन बैठकमा सबै विषयमा कुराकानी भए पनि निर्णयमा पुग्न बाँकी रहेको बताए । ‘उपेन्द्रजी पनि आउनुभएन । हामी छलफललाई निरन्तरता दिन्छौं,’ उनले भने ।