देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिद्धारा प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिह्न प्रदान

देशान्तर

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । साथै शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरेका छन् ।

राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी थिए ।

अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते सकिएपछि शर्मा प्रधानसेनापति बनेका हुन् ।

शर्मालाई राष्ट्रपति भण्डारीले ११ भदौमा प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् । पदावधि समाप्त हुनुभन्दा एक महिना अघि अर्थात साउन २५ गतेदेखि नै थापा घरविदामा बसेपछि जेष्ठताका आधारमा शर्माले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी पाएका थिए ।