देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्राउन्डेड चिनियाँ जहाजको घाटा अकासिँदो

देशान्तर

नेपाल वायु सेवा निगमलाई आन्तरिक उडानमा अब्बल बनाउने उद्देश्य राखेर सात वर्षअघि चीनबाट ल्याइएका ६ चिनियाँ जहाज नउडाउने निश्चय गरेर थन्क्याइएको छ । ६ वर्षमा दुई अर्ब ४८ करोड सञ्चालन घाटा भएपछि गत वर्षदेखि जहाज ‘ग्राउन्डेड’ गरिएको हो । तर, प्रशासनिक, बिमा खर्च र ऋणको बोझ बढेको बढ्यै छ ।

चीन सरकारले दुई अर्ब ९४ करोड ३० लाखमा दुई जहाज अनुदान दिएको थियो भने थप चार जहाज ल्याउँदा भन्सारसहित चार अर्ब ३० करोड लगानी भएको थियो । यी ६ जहाज सञ्चालन गर्दा २०७७ असारसम्म दुई अर्ब ४८ करोड घाटा भएको थियो । सबै जहाज ‘ग्राउन्डेड’ भएपछि एक वर्षमा बिमाको रकम १२ करोड थपिएको छ । यसरी सात वर्षमा नौ अर्ब ८४ करोड खर्च गरिएका जहाज अब सञ्चालन गर्न नसक्ने गरी थन्किएका छन् । जब कि, योभन्दा एक अर्ब कम अर्थात् आठ अर्ब ८७ करोडमा निगमले दुई न्यारोबडी एयरबस किनेको थियो ।

निगमले नउड्ने जहाजमा गरेको यो लगानीबाट बुद्ध एयरले ल्याउन लागेको जस्तै ७२ सिट क्षमताका १७ वटा सेकेन्ड ह्यान्ड एटीआर विमान किन्न पुग्छ । बुद्धले फ्रेन्च–इटालियन एटीआर कम्पनीबाट १२ वर्ष उडेको एटीआर जहाज ५५ करोड रुपैयाँमा किन्न सम्झौता गरेको छ । जुन तिहारलगत्तै काठमाडौं आइपुग्दै छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार अबको तीन वर्ष एटीआर–५०० सिरिजका सेकेन्ड ह्यान्ड जहाज विश्व बजारमा ५५ करोड रुपैयाँ हाराहारीमा उपलब्ध हुनेछन् । कान्तिपुरमा खबर छ ।