काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् ।
सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणको अनुसन्धान प्रक्रियामा सहयोग पु¥याउन भन्दै तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले गत भदौ ८ गते राजीनामा दिएसँगै नेप्सेको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको हो ।
नियमित कार्य सुचारु राख्नका निम्ति नेप्सेका उच्च तहमा रहेका फुयाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको नेप्सेले बताएको छ । आर्थिक अभियान दैनिकबाट
प्रतिक्रिया