देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नेता थापाले भने- वर्तमान सरकारलाई गल्ती गर्ने छुट छैन

देशान्तर

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको । कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउन सक्नुपर्ने उनको भनाइ छ ।

बीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता थापाले यस्तो बताएका हुन् ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारले गएको साढे तीन वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको आरोप समेत लगाए । ‘संविधान र व्यवस्थामाथि नै अनेकन आशंका उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नुपर्छ,’ उनले भने ।

नेता थापाले वर्तमान सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।