देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवाले बोलाए संसदीय दलको बैठक

देशान्तर

काठमाडौा – सत्तारूढ नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिए ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो। भोलि अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भुसालको भनाइ छ । बैठक विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुनेछ ।