देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाग्मती प्रदेशसभा : दुई विधेयक प्रमाणीकरण

देशान्तर

मकवानपुर – वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले वाग्मती प्रदेशसभाबाट पारित भएको दुई वटा आर्थिक विधेयक आज यहाँ प्रमाणीकरण गरेका छन् ।

उनले प्रमाणीकरण गरेका प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र आर्थिक वर्ष २०७८र७९ सेवा र कार्यलाई प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।