देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सप्तकोशीमा पानीको बहाव उच्च, २४ वटा ढोका खोलियो

देशान्तर

काठमाडाैं । लगातारको भारी वर्षाका कारण सप्तकोशी नदीमा जलसतह दिनहुँ बढिरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढेको हो ।

सामान्यतया नदीको बहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको बहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । शुक्रबार साँझको मापनअनुसार कोशी ब्यारेज भएर एक लाख ५५ हजार ९७५ क्यूसेक पानी बगिरहेको छ ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार एक लाख ५५ हजार ९७५ क्यूसेक प्रतिसेकेण्ड वहाव मापन हुँदा ब्यारेजका ५६ मध्ये २४ वटा ढोका खोलिएका छन् । कोशीको पछिल्लो मापन अनुसार नदीको बहावमा निरन्तर वृद्धि भइरहेको छ ।

सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहे पनि अहिलेसम्म तटीय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको जनाएको छ । प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमन समेत जारी रहेको बताएको छ ।