देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्चको आदेशमा बाबुरामको टिप्पणी- क्षणिक स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् !

देशान्तर

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले संबिधान विपरित स्वेच्छाचारी ढंगले मन्त्री बनाउने र सर्वोच्चले उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बनेको टिप्पणी गरेका छन् ।

डा. भट्टराईले क्षणिक निजी स्वार्थ निम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् भन्ने आग्रह गरेका छन्  ।

उनले भनेका छन्-  

संविधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो । क्षणिक निजी स्वार्थ निम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् !