देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा राप्रापाबाट आएका ५५ जना महासमिति सदस्यमा मनोनित (नामावलीसहित)

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी आएका सुनिल थापा समूहका ५५ जनालाई महासमिति सदस्यमा मनोनित गरिएको छ । उपसभापति विमलेन्द्र निधि नेतृत्वको अन्तर पार्टी समायोजन समितिले केन्द्रीय समितिको निर्णयअनुसार थापाको समूहलाई ५५ जना महासमिति सदस्य दिएको हो ।

जसमा सहमहामन्त्री थापासहित १० जना कांग्रेस केन्द्रीय कमिटीमा समेत छन् । कांग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । समायोजनका नाममा थापा समूहका ४५ जनाले भने १४ औं महाधिवेशनको प्रतिनिधि हुने भएकाले वडाबाट चुनाव जितेर आउनुपर्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेसमा महासमिति सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने भए पनि निर्वाचित भएर आउनुपर्ने प्रावधान छ ।

थापा समूहले १५० जना महासमिति सदस्य माग गरे पनि असार ८ गते ५५ जनालाई समेटिएको छ । केही जिल्लाको समायोजन हुन बाँकी रहेका अझै केही सदस्य थपिने जनाइएको छ ।