देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नेता तप्तबहादुर विष्टको निधन

देशान्तर


नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान पाँच बजे उनको निधन भएको हो ।

उनलाई जेठ १६ गते कोरोना संक्रमा भएको थियो । सुर्खेतमा कोरोना संक्रमणको उपचार गराइरहेका बिष्टलाई थप उपचारका लागि केही दिनअघि मात्रै हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए ।

उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए ।