देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेश सभाको बैठक आधा घण्टाको लागि स्थगित

देशान्तर

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिनको लागि बसेको प्रदेश सभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।

मुख्यमन्त्री पोखरेलले राखेको प्रस्ताव माथिको छलफल सकिएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । छलफलमा भाग लिँदै निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले अहिलै पोखरेललाई विश्वासको मत दिन नसक्ने बताए ।

‘अर्को पटक विश्वासको मत लिने परिस्थिती भएछ भने सोचौंला, अहिले दिन सकिदैन’ गुरुङले भने । आधा घण्टाका लागि भन्दै पौने ३ बजे स्थगित भएको बैठकमा मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि मतविभाजन हुनेछ ।