देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढीले लमजुङमा १४ घर बगायो

देशान्तर

\काठमाडौं –लमजुङको दोर्दी गाउँपालिकास्थित दोर्दी खोलामा आएको बाढीले हिले बजारका १४ वटा घर बगाएको छ।

स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभएको वडाअध्यक्ष ओम बहादुर गुरुङले जानकारी दिए।

बाढीले बजारका ४ वटा बिजुलीको खम्बा ढालेको छ भने दोर्दी खोलामाथि बनेको झोलुङगे पुलमा पनि क्षति पुर्‍याएकाले आवतजावत प्रभावित भएको छ।

यस्तै, निर्माणाधीन दोर्दी सुपर जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएको छ।

बन्सार हिलेबेँसीमा निर्माण कार्य सम्पन्न हुन लागेको ५४ मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यलय लमजुङका सूचना अधिकारी जगदीश मिश्रले बताए।