देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुख सापकोटाले शीर्ष नेताहरुसँग छलफल गर्दै

देशान्तर

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुको बैठक आव्हान गरेका छन् ।

बैठकमा प्रधानमन्त्री केपी ओलीलाई समेत बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली बैठकमा जाने या नजाने भन्नेबारे टुङ्गो भने लागि सकेको छैन ।
बैठक आज अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा तय गरिएको छ ।

जेठ ८ मा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसा विघटन गरी कार्तिक २६ र मसिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदम बारेमा परामर्श लिन यसअघि पूर्वसभामुखहरु कानुन व्यवासयी एवं राजनीतिक दलका नेताहरुसंग छुट्टाछुट्टै छलफल गरेका थिए ।