देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज पनि घट्यो नेप्से

देशान्तर

काठमाडौं – नेप्से आज बिहिबार पनि घटेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज एक दसमलव आठ अंकले घटेर २९ सय ४४ दसमलव ७८ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने दुई दसमलव ५९ अंकले बढेर पाँच सय २७ दसमलव ८७ बिन्दुमा चढेको छ ।

दुई सय २० वटा कम्पनीहरुको एक लाख ५५ हजार छ सय ९० पटकको कारोवारमा तीन करोड छ लाख छ हजार छ सय ४४ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १६ अर्ब १० करोड चार लाख १२ हजार चार सय ३६ रुपैयाँ पुगेको छ । 

आज १३ वटा समुहको कारोवार हुंदा सात वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढेकाछन् । जसमध्ये आज बाँणिज्य बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ७८ अंकले घटेर १९ सय ३६ दसमलव ७० बिन्दुमा झरेकोमा निर्जिवन बीमा, उत्पादनमुलक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन र अन्य समुहको सुचक पनि घटेकाछन् ।

बिकास बैंक समुहको सुचक भने एक सय २० दसमलव छ अंकले बढेर चार हजार सात सय १४ दसममलव ४३ बिन्दुमा चढेकोमा जलबिद्युत, फाईनान्स, लघुबित्त, उत्पादनमुलक र लगानी समुहहरुको सुचक पनि बढेकाछन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको पाँचथर पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर तीन सय ८५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बोटर्लस नेपाल (तराई) लिमिटेडको प्रतिकित्ता सेयर मुल्य भने तीन दसमलव ९५ प्रतिसतले घटेर १० हजार पाँच सय ७० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको भने प्रतिकित्ता पाँच सय ८५ रुपैयाँ अन्तिम मुल्यमा ८३ करोड ९२ लाख नौ हजार दुई सय ४७ रुपैयाँको कारोवार भएको छ ।