देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने विश्व वैंकको प्रक्षेपण

देशान्तर

काठमाडौं – विश्व बैंकले आर्थिक वर्ष २०२१-२२ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०२२-२३ मा ५.१ प्रतिशतले वृद्धि हुने अनुमान छ । नेपालको आर्थिक वृद्धिको पछिल्लो अनुमान सन् २०२०-२१ मा प्रक्षेपण गरिएभन्दा २.१ प्रतिशत र २०२१-२२ मा १.४ प्रतिशतले बढी रहेको समेत उल्लेख छ । आव २०२०-२१ मा नेपालको वृद्धिदर २.७ प्रतिशतमा सीमित रहने विश्व बैंकको अनुमान छ ।

सन् २०२१-२२ मा भारतको आर्थिक वृद्धिदर ८.३ र २०२२-२३ मा ७.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ । दक्षिण एसियामा बंगलादेश र भुटानको अर्थतन्त्र भारतपछि सुधारोन्मुख देखिएको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यो अनुमान यसअघि प्रक्षेपण गरिएभन्दा ३.६ प्रतिशतले बढी रहेको उल्लेख छ ।

सन् २०२१ मा विश्वको आर्थिक विकास ५.६ प्रतिशतले वृद्धि हुने विश्व बैंकको अनुमान छ । विश्व अर्थतन्त्र आर्थिक संकटबाट पछिल्लो ८० वर्षयता तीव्र पुनउत्र्थानतर्फ अघि बढिरहेको पनि उल्लेख छ ।