देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मुल्यमा सामान्य वृद्धि

देशान्तर

काठमाडौं – बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले बढेर ९४ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैँयाले घटेर प्रतितोला १३५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।