देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं महानगरले नगरवासीलाई राहत र सहुलियतको योजना ल्याउने

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरवासीलाई राहत र सहुलियतको योजना पेश गर्ने भएको छ।

महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरि पनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताएका छन्।

कोभिड–१९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रम केन्द्रित हुने उनले बताए।

यसका साथै उनले महानगरको नीति तथा कार्यक्रम बनाउन आयोजना गरिने वडास्तरीय छलफलमा महानगर प्रमुखलगायत सबै सहभागी हुने बताए। नगर क्षेत्रका संक्रमित तथा निधन भएका परिवारलाई केहि सहायता उपलब्ध गराउने बताए।

प्रमुख शाक्यले काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट कोरोनाको कारण व्यापार व्यवसाय, पेशा, रोजगारीमा परेको असरलाई राहत दिनेगरी आउने बताए। नगर क्षेत्रमा व्यापार व्यवसायमा लाग्ने कर दस्तुरमा छुट दिने गरी कार्यक्रम ल्याउन लागेको उनको भनाइ छ।

यस्तै, उनले महानगरका करदातालाई असर हेरेर ८५ प्रतिशतसम्म कर दस्तुरमा छुट दिने गरी कार्यक्रम आउने बताए। काठमाडौं महानगरले गरिररहेका नियमित कामलाई पनि प्राथमिकताको आधारमा वर्गीकरण गरेर योजना कार्यक्रम बनाइने बताए