देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टोकियो ओलम्पिक कमिटीका लेखा प्रमुखले गरे आत्महत्या

देशान्तर

काठमाडौँ – टोकियो ओलम्पिक आउन केहि समय बाँकी रहेका बेला सो जापान ओलम्पिक कमिटीका लेखा प्रमुखले आत्महत्या गरेका छन । जापानी सञ्चार माध्यमका अनुसार जापान ओलम्पिक कमिटीका लेखा प्रमुख यासुशी मोरियाले ज्यान गुमाएका छन ।

५२ बर्षे यासुशीले गुडिरहेको रेलमा हाम फालेर ज्यान गुमाएको बताइएको छ । उनले हाम फाल्दा ट्रेनले ठक्कर दिएको र तत्कालै उनले ज्यान गुमाएका हुन ।

उनको मृत्युको बारेमा अनुसन्धान भइरहेको छ भने पुलिसले यसलाई आत्महत्या भनेको छ । तर यसकोस विस्तृत जानकारी अनुसन्धानपछि मात्र दिने बताएको छ ।

कोरोनाका कारण प्रतियोगिताको विषयमा अन्योल नै रहेका बेला ओलम्पिक कमिटीको प्रमुखले आत्महत्या गर्नुले ठूलो रहस्य रहेको अनुमान गरिएको छ ।

जुलाई २३ बाट अगष्ट आठसम्म हुने प्रतियोगिताका लागि जापानमा अझैपनि जनताले रद्द गर्नुपर्ने बताइरहेका रहेका छन । तर अन्तराष्ट्रिय ओलम्पिक कमिटी र आयोजक कमिटीले जसरी पनि हुने बताउँदै आएका छन ।