देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपालाई विभाजन टार्न कठिन

देशान्तर

प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा पहिलोपटक गरेको संसद् विघटनको विषयमा दुई धार बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजनको चरणमा प्रवेश गरेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले एक–अर्कालाई स्पष्टीकरणपत्र पठाउँदै कारबाहीको तयारी गरेपछि जसपाको संकट विभाजनउन्मुख बनेको हो । 

मंगलबार संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजनालाई कारबाहीको चेतावनीसहित स्पष्टीकरणपत्र पठायो । त्यसको केही घन्टा नबित्दै ठाकुरले पनि यादवलाई स्पष्टीकरण पत्र पठाएका छन् । दुवै पक्षले एक–अर्कालाई तीन दिनको समयावधि दिएर स्पष्टीकरण सोधेका छन् । 

जसपाको केन्द्रमा जारी विवाद बुधबारसम्म तल्लो तहसम्म पुगिसकेको छ । प्रदेश २ मा कार्यकर्ताले एक–अर्को पक्षका नेताहरूको पुत्ला दहन गरेका छन् । यससँगै एकताका लागि प्रयासरत जसपाको दोस्रो तहका नेताहरूसमेत विभाजनलाई रोक्न नसकिने निष्कर्षमा पुगेका छन् । 

अध्यक्ष ठाकुर पक्षका नेता मनीष सुमनले पार्टी एकता कायम रहने सम्भावना लगभग सकिँदै गएको बताए । नयाँ पत्रिकामा खबर छ।