देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालकोट युवा समाजद्वारा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

देशान्तर

महानगरीय प्रहरी वृत्तका डिएसपी नहहरी रेग्मीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्दै समाजका अध्यक्ष रवि राणा तथा सुर्यविनायक नगरपालिका वडा नं. ३ का अध्यक्ष शिवशरण खत्री

भक्तपुर । बालकोट युवा समाजले महानगरिय प्रहरी प्रभाग बालकोटलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रभागमा कार्यरत प्रहरीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री समाजका अध्यक्ष तथा नेपाली कांग्रेस सुर्यविनायक नगरपालिका नगर कार्यसमितिका उपसभापति रवि राणाले आज एक कार्यक्रमका बीच हस्तारन्तण गरेका हुन ।

राणाले प्रहरी प्रभागको लागि ३५ थान पिपिई सेट, ३५ थान स्यानिटाइजर, ५०० थान मास्क तथा एक सय जोर पञ्जा महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी नरहरी रेग्मीलाई हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक राणाले कोरोना भाइरसको लडाई विरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताए । कोरोना विरुद्धको लडाईमा प्रहरी तथा सुरक्षाकर्मी अग्रभाग बसेर लडिरहेको बताउदै, उनीहरुको सुरक्षाका लागि समाजले सक्दो सहयोग जारी राख्ने बताए ।

कार्यक्रममा डिएसपी रेग्मीले प्रहरी प्रभागलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेकोमा समाजलाई धन्यवाद दिए । संकटको बेलामा गरेको सानो सहयोगले पनि ठुलो राहत मिलेको उनले बताए ।

समाजले यसअघि दैनिक ज्याला मजदुरी गरि खाने र कोठाभाडामा बस्ने करिब ११ सय परिवारलाई टोल टोलमा पुगेर खाद्यान्न वितरण गर्दै आएको छ । गत वर्षको लकडाउनको समयमा पनि समाजका तर्फबाट गरिब तथा असाह्यहरुको लागि खाद्यान्न वितरण तथा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।