देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शपथमा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द हटाइयो, औपचारिक पोशाक पनि लगाउन नपर्ने

देशान्तर

काठमाडौँ । सरकारले शपथ लिन व्यवस्था र शपथको ब्यहोरामा अध्यादेश ल्याएर परिवर्तन गरेको छ ।  सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशमा पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले भन्न अस्वीकार गरेको ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द नयाँ शपथको व्यहोरामा हटाइएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको शपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गर्दै ‘त्यो पर्दैन’ भनेपछि विवाद भएको थियो । त्यस्तै सार्वजनिक पदधारण गर्ने व्यक्तिले शपथ लिँदा वा शपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ ।

सरकारले जारी गरेको अध्यादेश :