देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अक्सिजन प्लान्टका लागि नेतृ आरजु देउवाद्वारा १० लाख सहयोग

देशान्तर

धनगढी । नेपाली काँग्रेसकी नेतृ तथा कैलाली क्षेत्र नम्बर ५की उमेद्बार डा. आरजु राणा देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागी धनगढि उपमाहानगरपालीका दश लाख आर्थिक सहयोग गरेकी छिन् ।

धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले १० लाख सहयोग गरेकी हुन् । उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा नेतृ देउवाले रकम जम्मा गरेकी हुन् ।

आईतबार काँग्रेस नेतृ देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागी धनगढि उपमाहानगरपालीका दश लाख आर्थिक सहयोग गरेको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई जानकारी दिए ।

बिगत ५ महिना देखी डा. आरजु राणा देउवा आफ्नो उपचारका लागि जापान रहेको समेत जानकारी दिईन् । यस्तो महाबिपत्तीका वेला कैलालीका नागरिकलाई अक्सिजन प्लान्ट स्थापनाका लागी सानो सहयोग गरेको काँग्रेस नेतृ देउवाले बताईन् । अहिले धनगढी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाका रकम संकलन अभियान चलाएको छ ।