देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज ७ हजार ३६८ संक्रमित थपिए, एक सय ४५ जनाको मृत्यु

देशान्तर


कोरोनाभाइरसको संक्रमण वृद्धिदर केही घटेको देखिएको छ। हिजोभन्दा आज परीक्षण बढ्दा पनि संक्रमितको संख्या सात सय ७८ ले घटेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार तीन सय ६८ जनामा संक्रमण देखिएको छ। देशभर १९ हजार पाँच जनाको स्वाब परीक्षण गरिएको थियो।

शनिबार आठ हजार ४६ जनामा संक्रमण देखिएको थियो। १८ हजार पाँच सय ४४ जनाको मात्रै स्वाब परीक्षण गरिएको थियो। 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट एक सय ४५ जनाको ज्यान गएको छ। योसँगै मृत्यु हुनेको संख्या पाँच हजार एक पुगेको छ।