देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अत्यावश्यक सामग्रीको आपूर्तिमा तदारुकताका साथ लाग्‍न सम्बन्धित निकायहरुलाई सीसीएमसीको निर्देशन

देशान्तर

काठमाडौँ – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अक्सिजन लगायतका अत्यावश्यकीय सामग्रीहरुको तत्काल आपूर्तिका लागि तदारुकताका साथ लाग्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित आइतबार सिंहदरबारमा बसेको बैठकले अत्यावश्यक सामग्री आपूर्तिका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘अक्सिजन प्लान्ट, कन्सेन्टेटर, सिलिन्डर र कोरोनाविरुद्धको खोपको तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई अझै तदारुकताका साथ लाग्न निर्देशन दिइएको छ । त्यसका लागि जहाँ-जहाँ कानुनी कठिनाइहरु लाई हटाउँदै अगाडि बढ्ने निर्णय भएको छ,’ज्ञवालीले भने ।

मन्त्री ज्ञवालीका अनुसार बैठकले कोरोना महामारी विरुद्धका लागि थप कानुनी संरचना बनाउन कानुन मन्त्रालयलाई निर्देशन पनि दिएको छ । ‘कोरोना महामारी विरुद्ध थप केही कानुनी संरचनाहरु आवश्यक भएको महसुस भएको छ,’ ज्ञवालीले भने, ‘संक्रामक रोग ऐन २०२० का प्रावधानले मात्रै नपुग्ने भएकाले त्यस विषयमा आवश्यक तयारी गर्न कानुन मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।’