देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँच हजार ५५ कोरोना संक्रमित निको: ८९६० थपिए, २१४ को मृत्यु

देशान्तर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार ५५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ५५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालका कोरोना निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ । नेपालमा निको हुने संक्रमितको दर ७४ दशमलब ६ प्रतिशत छ।

पछिल्लो २४ घण्टामा देशभर नेपालमा आठ हजार ९६० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थप भएसँगै एक लाख पाँच हजार २०७ जना सक्रिय संक्रमित रहेका छन् । ४९७ जना व्यक्ति क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ ।