देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अक्सिजन अभावमा बुटवलमा ५ संक्रमितको मृत्यु

देशान्तर

बुटवल – अक्सिजन अभावमा बुटवलमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अक्सिजनको अभावमा बुटवल धागो कारखानाको कोरोना विशेष अस्थाई अस्पतालमा बुधबार ५ जना संक्रमितको ज्यान गएको हो । 

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.राजेन्द्र खनालले अक्सिजनको अभावमा ५ जनाको ज्यान गएको बताए । उनले अब आवश्यक अक्सिजनको सुनिश्चितता नभएसम्म नयाँ बिरामी भर्ना गर्न सकिने अवस्था नरहेको बताए ।

मृत्यु हुनेमा ४ पुरुष र १ महिला छन् । अस्पतालका अनुसार मृत्यु हुनेमा बर्दघाटकी ४४ वर्षीय महिला, बुटवल ८ का २९ वर्षीय पुरुष , बुटवल ११ का ५२ वर्षीय पुरुष, बुटवल १२ का ५९ वर्षीय पुरुष र  १३ का ५२ वर्षीय पुरुष रहेको बताइएको छ ।

प्रतिघण्टा १५ वटा सिलिन्डर र थप ५० वटा स्टक सिलिन्डरको सुनिश्चितता नभए अस्पतालमा नयाँ बिरामी भर्ना गर्ने अवस्था नरहेको डा.खनालले बताए । उनले अस्पताल भित्रको प्लान्टबाट दैनिक २० सिलिन्डर अक्सिजन उत्पादन गरिएको बताए ।