देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिहीबारदेखि महासंघले पत्रकारका लागि योगाभ्यास सञ्चालन गर्ने

देशान्तर

काठमाडौं । कोरोना संक्रमण बढिरहेका बेला पत्रकारहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि नेपाल पत्रकार महासंघले योगाभ्यास तथा सत्संग कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

महामारीबीच पनि सञ्चारकर्ममा सक्रिय भइरहनुपरेको भन्दै पत्रकारहरू बढि जोखिममा हुने भएकाले महासंघले योगाभ्यास तथा सत्संग कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

कोरोना कहिलेसम्म रहने, कस्तो भेरियन्टमा रहने, कति वर्षसम्म यसको असर रहने भन्नेबारे थाहा नभएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको विकल्प नभएको महासंघले जनाएको छ ।

जुम प्रविधिबाट गर्न सिकाइने भएकाले २२ गतेदेखि हरेक दिन बिहान ४:३० बजेबाट ६ बजेसम्म सम्पूर्ण व्यायाम गरिसक्नुपर्ने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।