देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर ७ हजार ४४८ जनामा कोरोना संक्रमण, थप ३७ को मृत्यु

देशान्तर

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३७ जनाको मृत्यु भएको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या तीन हजार तीन सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सात हजार चार सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा सात हजार तीन सय ८८ र पाँच सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जना गरी सात हजार चार सय ४८ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ४३ हजार चार सय १८ पुगेको छ ।

यस्तै दुई हजार २१ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ । आज देशभर ५४ हजार ४१ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । ​