देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज देशभर २ हजार ५५९ जनामा कोरोना कोरोना संक्रमण, ५ को मृत्यु

देशान्तर

काठमाडौं – आज देशभर दुई हजार ५५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको नौँ हजार ६६४ जनाको पिसिआर परीक्षणमा २ हजार ५५९ जनालाई संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमित हुनेको सख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया १४ हजार ७२४ पुगेको छ। आज देशभर ४१० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ७६ हजार ५७५संक्रमित निको भइसकेका छन्। देशभर ७५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यही अवधिमा ५ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।