देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चट्याङले लागेर चार जनाको मृत्यु, चार घाइते

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा परेको चट्याङका कारण चार जनाको ज्यान गएको छ । चट्याङका कारण चार जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मोरङ, खोटाङ, भोजपुर र रौतहटमा चट्याङबाट एक-एक जना गरी चार जनाको ज्यान गएको हो ।

मोरङको कानेपोखरी गाउँपालिका-२ दलेली बस्ने वर्ष ४३ की महिला, खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका-६ बासथला बस्ने वर्ष ६९ का पुरुष, भोजपुरको आमचोक गाउँपालिका–९ दुम्वाना बस्ने वर्ष १२ का बालक र रौतहटको गुजरा नगरपालिका-८ जैयराजपुर ७ पल्टुवाका वर्ष ४० का पुरुषको चट्याङबाट मृत्यु भएको हो ।

यस्तै भोजपुरको आमचोक गाउँपालिका-७ बसाई टोल बस्ने वर्ष ३० की महिला, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-४ चिलाउनेका वर्ष १८ का दुई किशोर र सल्यान कालिमाटी गाउँपालिका-२ भानटाकुरास्थित एक घरमा पाहुना आएका वर्ष ३८ का पुरुष चट्याङ लागी घाइते भएका छन् । प्राधिकरणका अनुसार देशका विभिन्न जिल्लामा गरी चट्याङका १० वटा घटनामा मानवीय तथा भौतिक सम्पतिमा क्षति पुगेको छ ।