देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले महाधिवेशन आयोजक समितिको बैठक सुरु

देशान्तर

काठमाडौं – नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आज (शुक्रबार) को बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रको जवाफबारे निर्णय हुने नेताहरुले जानकारी दिएका छन् ।

गएको ६ वैशाखको बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । ओलीले सोधेको स्पष्टीकरणको जवाफ सबै नेताहरुले बुझाइसकेका छन् ।

यस बाहेक नेताहरुको कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकार लगायतबारे छलफल गर्ने कार्यसूची तय भएको छ । आजको वैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका कोही पनि उपस्थित छैनन् । नेपाल-खनाल पक्षले यसअघि नै वैठकमा उपस्थित नहुने बताइसकेको थियो ।