देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवनमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

देशान्तर

चितवन – कोरोना भाइरस कोभिड-१९ का कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका-२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन् ।

कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।