देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकैदिन २ हजार ४२८ जनामा कोरोना संक्रमण, थप ५ को मृत्यु

देशान्तर

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

मन्त्रालयका अनुसार आजको दिनमा सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० पुगेको छ ।
पछिल्लो तथ्यांकअनुसार थप २ सय ५२ जना संक्रमणमुक्त भएका छन् ।