देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीसँगको भेटपछि आन्तरिक छलफलमा वरिष्ठ नेता नेपाल

देशान्तर

काठमाडौं – नेकपा एमालेको माधव नेपाल र झालनाथ खनाल पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार साँझ दुई घण्टा छलफल गरेका नेता नेपालले अहिले आफू निकट नेताहरूसँग परामर्श गर्दैछन् । बुधबारको वार्तामा ओलीले नेपाललाई गुटगत र समूहगत रूपमा वार्ता नहुने बताएका थिए ।

उनले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न नेपाललाई आग्रह गरेका छन् । नेता नेपालले भने आफ्नो टिममा छलफल गरेपछि मात्र थप कुराकानी गर्ने बताएका थिए । आज आफू पक्षधर नेताहरूलाई ओलीसँगको वार्ताको ब्रिफिङ गर्दैछन् । नेपाल र ओलीबीच आज पनि छलफल हुने बताइएको छ । तर, कहाँ, कसरी र कतिबेला छलफल गर्ने भन्नेबारे कुनै टुङ्गो छैन । नेपाल पक्षधर नेताहरूसँग ओलीले व्यक्तिगत सम्पर्क गरिरहेका छन् ।

ओलीनिकट नेताहरूले पनि भोलिको बैठकमा आउन आग्रह गरिरहेको एक नेताले जानकारी दिए । नेपाल पक्षधर नेताहरूबीचमै पनि बैठकमै गएर कुरा राख्ने कि समानान्तर गतिविधि अघि बढाउने भन्ने छलफलमै छ । तर, ओलीले संवादहीनतालाई तोड्दै छलफलका लागि तयार हुनु सकारात्मक पक्ष भएको नेपाल पक्षका नेताहरु बताउँछन् ।