May 17, 2021, Monday
२०७८ जेष्ठ ४

कोभिड-१९ घर दैलो अभियानलाई स्वर्गीय नेता जोशीको परिवारले दियो निरन्तरता

  • 120
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    120
    Shares

काठमाडौँ – नेपाली कांग्रेसका स्वर्गीय नेता नविन्द्रराज जोशीले सुरु गरेको कोभिड १९ घर दैलो अभियानलाई परिवारले निरन्तरता दिएको छ । बुधबार उनको परिवारले स्वायम्भुनाथ मन्दिरमा १ सय ८ दिप प्रज्वलन गरी अभियानलाई निरन्तरता दिएको हो ।

मुलुकमा कोरोना महामारी बढ्दै गएको बेला जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ विभिन्न स्वास्थ्य सामाग्री सहित घरदैलो अभियान संचालन गरेका थिए । मस्तिष्कघातका कारण उनको निधन भएपछि अभियान रोकिएको थियो ।

Advertisement

उनको निधन भएको महिना दिनपछि धर्मपत्नी सपना जोशीले आफ्नो श्रीमानको असल कार्यलाई निरन्तरता दिने भन्दै अभियानलाई जारी राखेकी हुन् । अभियान कुनै राजनीतिक नभएर विशुद्ध समाजसेवा रहेको उनले स्पष्ट पारेकी छन् । जोशीको राजनीतिक जीवन सफल बनाउन आफ्नो भूमीका रहेको र बाँकी जीवन उनको सपना पुरा गर्नमा समर्पित हुने धर्मपत्नी सपनाको भनाइ छ ।

बिहिबार स्वयम्भु मन्दिर आसपासमा १५ सय मास्क तथा केही थान सेनीटाइजर वितरण गरिएको छ । जोशीको अभियानले निरन्तरता पाउने भएपछि स्थानीय पनि खुसी छन् । यस अघि नेता जोशीको पहलमा कोरोना विरामीलाई विर र टिचिङ अस्पतालमा निःशुल्क उपचारको व्यवस्था समेत मिलाइएको थियो ।


  • 120
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    120
    Shares