देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले भोली माओवादी र जसपासँग संयुक्त छलफल गर्ने

देशान्तर

काठमाडौँ – नयाँ सरकार गठनलाई लिएर कांग्रेसले शुक्रबार (भोली ) नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ( जसपा ) सँग संयुक्त छलफल गर्ने भएको छ।

नयाँ सरकार गठनमा अनिर्णित भएको आरोप खेपेको कांग्रेसले शुक्रबार दुई बजेपछि जसपा र माओवादीसँग बस्न लागेको हो।
स्रोतका अनुसार यी दुई पार्टीको अन्तिम निर्णय यस छलफलबाट लिने तयारी कांग्रेसले गरेको छ।

स्रोतले भन्यो,‘ सभापति देउवाले शुक्रबार जसपा र माओवादीसँग छलफल गर्ने तयारीमा हुनुहुन्छ। नयाँ सरकार गठनमै छलफल केन्द्रीत हुनेछ।

यसैबिच देउवालाई बिहीबार माओवादी केन्द्रका प्रवक्त नारायणकाजी श्रेष्ठले भेटेर सरकार गठनमा ढिलाई नगर्न आग्रह गरेका छन्।