देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा एक नेपालीको गोली हानी हत्या ,प्रहरीद्धारा अनुसन्धान सुरु

देशान्तर

काठमाडौं । अमेरिकाको सहर टेक्ससमा पछिल्लो पटक भएको गोली प्रहारको घटनामा नेपाली नागरिकको मृत्यु भएको छ ।

टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ । अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसिय क्षेत्रमा थापालाई गोली हानिएको थियो ।

अस्टिन प्रहरीले स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट (आवास गृह ) क्षेत्रमा मंगलबार राती गोली हानेर थापाको हत्या गरिएको जनाएको छ । घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राती १२ः३० बजेतिर गोली चलेको जनाएका थिए ।

प्रहरी घटनास्थल पुग्दा त्यहाँको पार्किङ लटमा रमेश घाइते अवस्थामा फेला परेका थिए । उनलाई त्यहीँ मृत्यु भएको घोषणा प्रहरीले गरेका थिए ।

प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु भएको जनाएको छ भने गोली चलाउनेले प्रयोग गरेको सवारी साधन पत्ता लगाउने तयारी गरेका छन् ।