देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पत्रकार महासंघको चुनाव : मतगणना जारी, विपुल पोख्रेलको समूहलाई अग्रता

देशान्तर

काठमाण्डाै – नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना चलिरहेको छ । केही जिल्लाको गणना सकिँदा र केहीमा भइरहँदा अध्यक्षमा विपुल पोख्रेल नेतृत्वको प्यानलले अग्रता लिएको छ ।

सबैभन्दा धेरै मतदाता भएको काठमाण्डौसहित प्रतिष्ठान र केही जिल्लामा मतगणना चलिरहेको छ । केही जिल्लामा आज बिहानदेखि मतगणना सुरु हुने र केहीको भने मतपरिणाम आइसकेको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षमा पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उमेदवारी रहेको छ ।

हिजो ७७ वटै जिल्ला शाखामा, ४२ प्रतिष्ठानका १९ ठाउँमा र एक एसोसिएट र दशरथ रङ्गशालामा गरी ९७ केन्द्रमा मतदान भएको थियो । केन्द्रीय समितिको चुनाव पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको  हो ।