देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकदिवसीय सिरिज पाकिस्तानलाई

देशान्तर

काठमाडौँ – दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले जितेको छ । बुधबार राती भएको तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई २८ रनले हराउँदै पाकिस्तानले तीन खेलको सिरिज २-१ ले जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२० रन बनाएको थियो । उसका लागि फकहर जमानले १०१ र कप्तान बाबर अजामले ९४ रन बनाए ।

३२१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ३ बलमा अलआउट हुँदै २९२ रन मात्रै बनाउन सक्यो । उसका लागि जेनिम्यान मालनले ७० र केल भेर्रीएनले ६२ रन बनाए । तर पनि टिमलाई जिताउन सकेनन् । 

पाकिस्तानका सहिन अफ्रिदी र मोहम्मद नवाजले तीन-तीन विकेट लिए । पहिलो खेल पाकिस्तानले जितेको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले जितेको थियो । पाकिस्तानले दक्षिण अफ्रिकामा दुई पटक एकदिवसीय सिरिज जितेको हो ।