देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जोशीको निधनले कांग्रेस र देशले योग्य नेता गुमायो : देउवा

देशान्तर

काठमाडौं . नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताएका छन्।

स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३ औ दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताए।

उनले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उनको निधनले पार्टीले पार्टी हाक्ने नेता गुमाउनुपरेको बताए।

फरक प्रसंगमा पार्टी सभापति देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताए। नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिलेही पनि संकटमा नरहेको ठोकुवा गरे।

उनले पार्टीका नेता कार्यकर्तालाई आफैँले आफैँलाई कमजोर नबनाउन पनि आग्रह गरे।