देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह नियुक्त

देशान्तर

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरेको छ । एन्फाले अब्दुल्लाहलाई एक वर्षका लागि नियुक्त गरेको हो ।

आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसीपमा अब्दुल्लाहले नेपाली टिम सम्हाल्ने भएका छन् । उनले यसअघि प्रशिक्षक रहेका बालगोपाल महर्जनको ठाउ लिने छन् ।

महर्जनको नेतृत्वमा नेपालले थ्री नेसन्स कप जितेको थियो । अब्दुल्लाहले यस अघि कतार, साउदी अरेबिया, किर्गिस्तानका टिमको प्रशिक्षकको भूमिका निभाएका छन् ।