देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस महाधिवेशन तालिका फेरि संशोधन

देशान्तर

नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ। पटकपटक संशोधन हुँदै आएको महाधिवेशनको कार्यतालिका हेरफर गर्न कांग्रेसले चैत २० गते केन्द्रीय समितिको बैठक बोलाएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी र सदस्यता छानबिन समितिको बैठकले संशोधित कार्यतालिका प्रस्ताव गर्न सदस्यता छानविन समितिलाई नै आग्रह गरेको छ।

सोमबार दिउँसो २ बजेसम्म ४० प्रतिशत मात्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम भएपछि पदाधिकारी बैठकले अन्तिम मितिलाई कायमै राख्दै महाधिवेशनको संशोधित कार्यतालिका ल्याउन रमेश लेखक नेतृत्व समितिलाई भनेको हो।  

संशोधित पछिल्लो कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि कांग्रेसले चैत १० गतेसम्मको समय दिएको तोकेको थियो। तर, सोमबारसम्म हुम्ला र पाल्पाबाहेक कुनै जिल्लाबाट सदस्यता आएको छैन।

बारा, पर्सा, सिराहा, सप्तरी, धनुषा, डोल्पा, सिन्धुपाल्चोकसहितका नौ जिल्लामा अहिलेसम्म सदस्यता वितरणको काम सुरु हुन सकेको छैन। ६८ जिल्लाका १ सय ३६ स्थानबाट मात्र अहिलेसम्म सदस्यता वितरण र नवीकरणको काम भइरहेको छ। सोमबार दिउँसो २ बजेसम्म १ लाख ८० हजार २ सय ७५ जनाको नयाँ सदस्यता दर्ता भएको छ भने २ लाख १२ हजार ५ सय १९ जनाको नवीकरण दर्ता भएको छ।  

सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेले अहिलेसम्म ४० प्रतिशत मात्र काम सकिएकाले अझै १५/२० दिन सदस्यता नवीकरण र वितरणका लागि समय आवश्यक पर्ने जानकारी दिए। ‘केन्द्रीय समितिको बैठकले महाधिवेशनको अन्तिम मिति कायम राखेर अन्य कार्यतालिका हेरफेर गर्नेछ,’ घिमिरेले भने।  नागरिक दैनिकमा खबर छ ।