देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिनल्याण्ड चौथो पटक बन्यो संसारको सबैभन्दा खुसीको देश

देशान्तर

काठमाडाैं – फिनल्यान्ड लगातार चौथोपटक सबैभन्दा बढी खुसी रहने देश बनेको छ । संयुक्त राष्ट्र संघले जारी गरेको ‘विश्व खुशी रिपोर्ट’ मा फिनल्यान्ड लगातार चौथोपटक पहिलो बनेको हो ।

कोराना महामारीको बीचमा फिनल्याण्डका नागरिक धेरै आत्मविश्वासी देखिएको जनाइएको छ । फिनल्यान्डपछि क्रमशः डेनमार्क, स्वीटजरल्यान्ड, आइसल्यान्ड, नेदरल्यान्ड्स, नर्वे, स्वीडेन, लक्जेम्बर्ग र अष्ट्रिया छन् ।

यता शीर्ष १० मा परेको न्युजील्यान्ड नवौं स्थानमा पुगेको छ । गतवर्ष अमेरिका यस सूचीमा १८ औं स्थानमा थियो । यसपटक १४औं स्थानमा छ। यस्तै बेलायत १८ औं स्थानमा पुगेको छ ।

प्रतिवेदनका अनुसार बुरुण्डी, यमन, तान्जानिया, हाइटी, मलावी, लेसोथो, बोत्सवाना, रुवाण्डा, जिम्बावे र अफगानिस्तान भारतभन्दा सबैभन्दा कम खुशी भएकाे देशमा परेकाे छ ।

त्यस्तै, छिमेकी मुलुक चीन गतवर्ष यस सूचीमा ९४ औं स्थानमा थियो, अहिले १९ औं स्थानमा छ । यता नेपाल ८७, बंगलादेश १०१, पाकिस्तान १०५, म्यानमार १२७ र श्रीलंका १२९ स्थानमा छ ।

प्रतिवेदन तयार गर्न संयुक्त राष्ट्र संघले १४९ देशकाे सर्वेक्षण गरेकाे थियाे । यो रिपोर्ट मुख्यतया: जीवनस्तरकाे गुणस्तर, सकारात्मक र नकारात्मक भावनाको आधारमा तयार गरिएको हो । –एजेन्सी