देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निरीह नेपाल!

देशान्तर

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै साविक नेकपाको दाहाल–नेपाल समूहले तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडालाई आफ्नो कार्यालयका रूपमा प्रयोग गर्‍यो । एमालेकै माधवकुमार नेपालतिरका नेताहरू तत्कालीन एमाले पार्टी कार्यालय धुम्बाराही फर्किएर पनि गएनन् ।

पुस ९ मा माधवकुमार नेपाल नेकपाको दाहाल–नेपाल समूहको अध्यक्ष बनेसँगै पेरिसडाँडामा लगभग सबैजसो कमिटीका बैठक बसे । कार्यालयबाहिर दुवैतिरका नेता–कार्यकर्ताको भीड लाग्न थाल्यो । २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्र एक भएपछि सुनसान बनेको पेरिसडाँडामा पुस ५ यता रौनक थियो, सोमबार भने सन्नाटा ।

दाहाल–नेपाल समूहको स्थायी कमिटी सदस्यहरूको अनौपचारिक बैठकमा सहभागी हुन गएका पूर्वएमालेतर्फका स्थायी कमिटी सदस्यहरू आफ्नो भनाइ राख्दै फुत्तफुत्त निस्किइरहेका थिए । अदालतको फैसलापछि एमाले नै आफ्नो पार्टी हो भन्ने मानसिकतामा रहेका नेताहरूलाई उक्त बैठक त्यति रुचिकर नहुनु स्वाभाविक पनि हो । साँझ बैठक सकिने बेलासम्म बसेका नेपालसँग उनका टिमका थोरै मात्रै स्थायी कमिटी सदस्य बाँकी थिए ।

माओवादी केन्द्र र एमाले पूर्ववत् अवस्थामै रहेको अदालतको फैसलासँगै आफूसँग रहेका ४० सांसद र ९० जना केन्द्रीय सदस्यमध्ये सबै जना आफैंसँग नरहन सक्छन् भन्ने आकलनले नै नेता नेपाल अदालतको फैसलाको सम्मान गर्नुपर्छ भन्ने निचोडमा पुगे । त्यसैले उनी आफ्नो पक्षको स्थायी कमिटी बैठकमा अन्तिमसम्म बसेर फर्किए । कान्तिपुरमा खबर छ।